
कपिलवस्तुबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन् ।
यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वतस् निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।
कपिलवस्तु ३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।
यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।



खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया