लायन्स कपिलवस्तुद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग


ईसाझाकुरा : हामी सेवा गछौँ भन्ने मुल भाव सहित अगाडी बढेको सामाजिक संस्था लायन्स क्लव अफ कपिलवस्तुले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ ।


वाणगंगा नगरपालिका १ स्थित बठनापुरका मृगौला पिडित पोम बहादुर घर्तिलाई आर्थिक सहयोग गरेको हो ।
लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकास घिमिरे, प्रथम उपाध्यक्ष नवदत्त घिमिरे सहित लायन्स सदस्यहरुको उपस्थिती रहेको थियो ।


आयोजित कार्यक्रममा बोल्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकास घिमिरेले लायन्सले गरेको यो सहयोगले पुर्ण रुपमा उपचार सम्भव नभए केहि रातह हुने हेतुले आर्थिक सहयोग गरेको बताउनु भएको छ । यस्तै कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष नवदत्त घिमिरेले जहाँ दुख छ, त्यहाँ लायन्स पुग्छ भन्ने मान्यताका साथ लायन्स कपिलवस्तु हरेक सामाजिक समस्यामा अग्रसर हुने बताउनु भएको थियो ।


आयोजित कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२३/२४ का अध्यक्ष ओम प्रकास घिमिरेको सञ्चालन तथा सचिव राम प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नवदत्त घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

खबर सबै