

बर्दियाको मधुवनमा बान्ता र पखलाको समस्या,एकै गाउँका ४० जना बिरामी



बर्दिया । बर्दियाको मधुवन नगरपालिका–९ गर्भुटोल गाउँमा बान्ता आउने र पखाला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । अवलोकन भ्रमणमा जाँदा उनीहरूले घरबाटै मासुलगायतका परिकार लगेका र भोलिपल्टदेखि बिरामी परेका वडा नम्बर ९ का अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।
हिजो दिउँसो मधुवन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार शुरु गरे पनि बान्ता आउने र पखला लाग्ने समस्या नरोकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगेको मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बान्ता आउने र पखाला लाग्ने समस्या भएका बिरामीमध्ये अहिले ३६ जनाको उपचार भइरहेको छ । उनीहरूले बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको हुन सक्ने प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले ल्याबमा परीक्षण गर्ने तयारी भइरहेको छ ।
थारु सङ्ग्रहालयको अवलोकनका लागि गर्भुटोल गाउँका ४० जनाको समूह गएको शुक्रवार दाङ गएको थियो ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया