

बर्दियाको मधुवनमा बान्ता र पखलाको समस्या,एकै गाउँका ४० जना बिरामी



बर्दिया । बर्दियाको मधुवन नगरपालिका–९ गर्भुटोल गाउँमा बान्ता आउने र पखाला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । अवलोकन भ्रमणमा जाँदा उनीहरूले घरबाटै मासुलगायतका परिकार लगेका र भोलिपल्टदेखि बिरामी परेका वडा नम्बर ९ का अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।
हिजो दिउँसो मधुवन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार शुरु गरे पनि बान्ता आउने र पखला लाग्ने समस्या नरोकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगेको मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बान्ता आउने र पखाला लाग्ने समस्या भएका बिरामीमध्ये अहिले ३६ जनाको उपचार भइरहेको छ । उनीहरूले बासी खाना खाएका कारण ‘फुड पोइजनिङ’ भएको हुन सक्ने प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले ल्याबमा परीक्षण गर्ने तयारी भइरहेको छ ।
थारु सङ्ग्रहालयको अवलोकनका लागि गर्भुटोल गाउँका ४० जनाको समूह गएको शुक्रवार दाङ गएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया