

नेप्से ओरालो लागेपनि एनआईसी एशियाको शेयर मूल्य वृद्धि



काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से ओरालो लागेपनि यस दिन एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । विगत केही दिनदेखि एनआइसी एशिया बैंकलाई लिएर फैलाइएको हल्ला बावजुत पनि शेयर कारोबार बढेको हो ।
बैंकिङ्ग क्षेत्रको शेयर घटिरहेको अवस्थामा यस दिन एनआइसी एशियाको कारोबार रकम बढेको हो । यस दिन एनआईसी एशियाको शेयर मुल्य ११ रुपैँयाले बढेको छ । गत हप्ता विहिबार एनआइसी एशियाको शेयर मूल्य ४३३ थियो भने यस दिन बढेर प्रतिशेयर ४४४ रुपैँया पुगेको हो । यसले एनआइसी यशियाको वित्तीय स्थिती मजबुत रहेको संकेत गर्दछ ।
यस्तै यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया