

रोल्पाको माडी गाउँपालिकाले दियाे फाल्गुन १ गते सार्वजनिक बिदा



रोल्पा । सर्वोच्च अदालतको फैसलाविपरीत रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन १ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ,‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०।१०।१७ गतेको निर्णयानुसार ‘जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिने’ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसअघि सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको थियो । जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा फागुन १ गते सार्वजनिक जनयुद्ध शब्द प्रयोग गरी बिदा दिन नमिल्ने उल्लेख छ ।
न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘संविधानले नचिनेको शब्द प्रयोग गरी संविधान प्रतिकूल निर्णय गरेको भनी परेको यस विवादमा संविधानमा प्रयुक्त भएका उक्त शब्दलाई हेर्नुपर्ने र सोही आधारमा संविधानसभाको मनसाय पहिचान गर्नुपर्ने हुन्छ ।’


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया