

बढ्दाे नवजात शिशु मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवा सुरु





रुपन्देही । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष ९पीआईसीयू० सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाको उद्घाटन गरेका छन् ।
परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न पीआईसीयू सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुदर्शन थापाले बताए ।
उक्त अवसरमा स्वास्थ्यमन्त्री खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको बताए ।
उनले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अस्पतालको रुपमा विकास हुँदै जानु राम्रो पक्ष भएको जनाए ।
प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानूनी अड्चन हटेको बताउँदै ८०० बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने उनको भनाइ छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा। विनोद गिरीले सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै उनले आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सिर्जना गर्न आग्रह गरे ।
बालरोग विभाग प्रमुख डा। किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसारमा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताए । उनले प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको र गुणस्तरीय सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता बताए ।
प्रसूति विभाग प्रमुख डा। भक्तबस्य राउतले नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन यो प्रभावकारी हुने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा। जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया