देशको आर्थिक अवस्था सुधारोन्मुख छ : अर्थमन्त्री डा.महत

कपिलवस्तु

नेपाल सुन्दर देशको रुपमा विकास भएको नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतले बताउनुभएको छ । यहाँ प्रशस्त साधन स्रोत र र परम्परागत संस्कृति रहेको भन्दै सुन्दर रहेको बताउनुभयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गफ गर्दैमा विकास नहुने बताउदै देश परिवर्तन गर्न बोलेर भन्दा पनि काम गरेर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । सकारात्मक सोचको विकास गर्न सके मात्र विकासले पनि गति लिने पनि बताउनुभयो । मन्त्री महतले देशको आर्थिक स्तर विस्तारै सुदृढ हुंदै गएको समेत बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले सरकारले ठुला ठुला लगानी गरेका विकास निर्माणका कामलाई चलायमान बनाउनु पर्ने बताउनु भयो । कतिपय विकास निर्माण अलपत्र हुँदा लगानी खेरा गएको बताउदै जनताको आवश्यकता अनुसार अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । लुम्बिनीमा आउने पर्यटक लाई कपिलवस्तु सम्म ल्याइ प्राचीन कपिलवस्तुको विकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य पन्थीले नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिले उद्योगि व्यवसायी धरापमा परिरहेको भन्दै तिनै तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग व्यवसाय धरासयी भएर आत्महत्या गर्ने स्थिति आएको समेत उहाँले बताउनु भयो ।

बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कपिलवस्तु उद्योग वाणिज्य संघ देशको विकासमा टेवा पुर्याउने संस्था भएकाले यो सङ्ग सहकार्य गर्न नगर तयार रहेको बताउनुभयो । निजि क्षेत्रको प्रवर्द्धन नहुदा सम्म देशको विकास हुन नसक्ने भएकाले सरकारले यसक संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष शुरकृष्ण वैद्य, लगायत विभिन्न सरोकारवाला निकाय, राजनीति दलका प्रमुख तथा तथा प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज उद्योगि व्यवासाय लगायतले बोल्नु भएको थियो ।

संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मनोज पौडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया