

गफ गर्दैमा विकास हुदैन : अर्थमन्त्री महत



कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र धराशायी नभएको बताउनुभएको छ । केहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो गम्भिर सङ्कटमा परेको भनि हल्ला चलाएपनि वास्तवमा त्यस्तो नरहेको स्पष्ट पर्नुभएको हो ।
मंगलबार कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको मुल्य वृद्धि लक्ष भन्दा पनि तल झरेको भन्दै देश श्रीलङ्का हुने कुनै आधार नभएको उहाँले दाबी गर्नुभये ।
मन्त्री महतले गफ गर्दैमा विकास नहुने बताउदै देश परिवर्तन गर्न कुरा गरेर भन्दा पनि काम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । सकारात्मक सोचको विकास गर्न सके मात्र विकासले पनि गति लिन सक्ने भएकाले नकारात्मक सोचाई हटाउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा आधुनिक विकासको सुरुवात नै केहि ढिला भएको र त्यहि माथि पनि राजनैतिक उतारचढाबले गर्दा जनअपेक्षा अनुसर विकास हुन नसकेको स्विकार गर्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले सरकारले ठुला ठुला लगानी गरेका विकास निर्माणका कामलाई चलायमान बनाउनु पर्ने बताउनु भयो । कतिपय विकास निर्माण अलपत्र हुँदा लगानी खेर गैरहेको बताउदै जनताको आवश्यकता अनुसार अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । लुम्बिनीमा आउने पर्यटक लाई कपिलवस्तु सम्म ल्याइ प्राचीन कपिलवस्तुको विकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य पन्थीले नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले कपिलवस्तु उद्योग वाणिज्य संघ देशको विकासमा टेवा पुर्याउने संस्था भएकाले यो सङ्ग सहकार्य गर्न नगर तयार रहेको बताउनुभयो । निजि क्षेत्रको प्रवर्द्धन नहुदा सम्म देशको विकास हुन नसक्ने भएकाले सरकारले यसक संरक्षण गर्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माले अहिले उद्योगि व्यवसायी धरापमा परिरहेको भन्दै तिनै तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग व्यवसाय धरासयी भएर आत्महत्या गर्ने स्थितिमा पुगेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष शुरकृष्ण वैद्य, लगायत विभिन्न सरोकारवाला निकाय, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, उद्योगि व्यवासाय लगायतले बोल्नु भएको थियो ।
संघका अध्यक्ष दोलकराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम माहासचिव मनोज पौडेलले सञ्चालन गर्नुभएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया