लुम्बिनि प्रदेशको संसद बैठक आह्वान

बुटवल : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखी बस्दैछ ।लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन ।

 लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन ।

प्रतिक्रिया

खबर सबै