

नेपालमा ५९ लाख पुगे ‘प्यान’ लिने करदाता



काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ५९ लाख नाघेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (पुस मसान्त) सम्म प्यान नम्बर लिनेको संख्या ५९ लाख १७ हजार ९ सय ६२ पुगेको छ ।
अघिल्लो आव २०७९/८० को अन्तिम (असार मसान्त) सम्म प्यान नम्बर लिने करदाता संख्या ५५ लाख ५४ हजार थियो ।
६ महिनामा ३ लाख ६३ हजार ९ सय ३६ करदाताले प्यान नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थका अनुसार पुस मसान्तसम्म व्यावसायिक प्यान नम्बर लिनेको संख्या १९ लाख ३६ हजार ५ सय ८८ पुगेको छ ।
व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ३९ लाख ५० हजार ३ सय ५ पुगेको छ । करकट्टी गर्ने निकायले लिएको प्यान नम्बर ३१ हजार ६९ पुगेको छ ।
पुस मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता संख्या ३ लाख २२ हजार २ सय ६ पुगेको छ ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया