

को हुन् लुम्बिनीबाट राष्ट्रियसभामा निर्वाचित सुवेदी र सापकोटा ?





बुटवल । लुम्बिनी प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनतर्फका उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा विजयी भएका छन् । यसअघि एमालेले जितेको सिटमा अहिले माओवादीका सुवेदी आएका हुन् भने कांग्रेसले आफ्नो सिट सुरक्षित गरेको हो ।
अन्य कलस्टरबाट सुवेदीले पाँच हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका झपेन्द्रबहादुर जीसीले ३०३९ मत भार प्राप्त गरे भने जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मत प्राप्त गरे ।
को हुन् सुवेदी
६१ वर्षीय झक्कुप्रसाद सुवेदी सुनील स्मृती गाउँपालिका–६ रोल्पा निवासी हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ– २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई एक हजार ५३३ मतातन्तरले पराजित गरी सुवेदी चर्चामा आएका थिए ।
सुवेदी गाविस अध्यक्ष हुँदै २०४९ सालमा जिल्ला विकास समिति रोल्पाको सभापति समेत भएका थिए । २०७४ को निर्वाचनमा सुवेदी वाम गठबन्धनका तर्फबाट काठमाडौँ– ६ को उम्मेदवार रहेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराएका थिए ।
संविधानसभा सदस्य भएर काम गरेका सुवेदीले आफ्नो अनुभव राष्ट्रियसभामा प्रस्तुत गर्ने बताएका छन् ।
को हुन् सापकोटा
सत्ता गठबन्धनका तर्फबाट निर्वाचित विष्णुकुमारी सापकोटाले पाँच हजार ४३५ मतभार प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी तुलसा केसीले २,८६७ मतभार प्राप्त गरेकी छन् ।
२०३६ सालमा नेविसंघ गुल्मी जिल्ला सदस्य, २०५७ मा नेविसंघ केन्द्रीय सदस्य, नेपाल महिला संघ गुल्मी जिल्ला सभापति ९२०६३–२०७४० हुँदै राजनीतिमा सक्रिय ५६ वर्षीया सापकोटाले राष्ट्रिय सभामा सामाजिक मुद्दा उठाउने बताएकी छन् ।
२०७४ को अधिवेशनमा गुल्मी पार्टी सचिव भएकी सापकोटा २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरमा झिनो मतले पराजित भएकी थिइन् ।
सबै दलका महिला अधिकारकर्मीहरूको साझा सङ्गठन महिला लोकतान्त्रिक सञ्जालको समेत नेतृत्व गरेकी सापकोटाले एलएलबी सम्मको अध्ययन गरेकी छन् ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया