कपिलवस्तुमा माघीको रौनक : दुई दिन बिदा

कपिलवस्तु : थारु समुदायको मुख्य पर्व माघीको रौनक कपिलवस्तुमा यतिबेला छाएको छ । यहाँका थारु समुदायमा माघीलाई उत्साहका साथ मनाउने विभिन्न तयारी गरिएको छ भने कतिपय स्थानमा माघी मेलाको समेत आयोजना तयारी गरिएको छ ।
माघिकाे अवसरमा १र २ गते गरि लुम्बिनी प्रदेशमा लुई दिन बिदा दिईएकाे छ । कपिलवस्तुमा बासोवास गर्ने थारु समुदायका वस्तीहरुमा यतिबेला ’सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । थारु जातीले माघी मनाइरहेका बेला मगर समुदायले माघे सक्रान्ति र अन्य जातिले पनि यो पर्वलाई खुसियालीको पर्वको रुपमा मनाउने तयारी गरेका छन् ।
थारु समुदायले माघीलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । माघीको अवसरमा कपिलस्तुका ३ स्थानमा यसवर्ष माघी मेलाको आयोजना गरिदै छ । माघी मेलामा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका र उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरुलाई सम्मान गर्ने योजनाका साथ अघी बढी रहेको थारु कल्याणकरिणी सभा कपिलवस्तुका अध्यक्ष पावन चौधरीले बताए ।  जिल्लाको बाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते नगर स्तरिय माघी मेलाको आयोजना गरिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकामा पुस २९ गते देखी माघ १ गते सम्म मेला भैरहेको थारु कल्याणकरिणी सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरीले जानकारी दिएका छन् ।
जिल्लाको शिवराज नगरपालिका वडा नं १ उमरी स्थित थारु संग्रहालय उदघाटन तथा तिसरा माघी खिचडी महोत्सव माघ १ देखि ३ गते सम्म हुने महोत्सव आयोजक समितिका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिए ।  बाणगंगा नगरको केही वडा स्तरिय र विजयनगर गाँउपालिकाको केही वडामा वडास्तरिय माघीको मेला आयोजना गरिएको छ । यस्तै दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ ।
माघी पर्व आउनुभन्दा एकसाता अघिबाटै गाउँघरमा माघी पर्वको रमझम सुरु भइसकेको थारु अगुवाहरुको भनाई छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रूपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारु समुदायले बरका तेउहार (ठुलो पर्व) का रूपमा मनाउँछन् ।
थारु संस्कृति झल्कने नृत्यले अहिलेबाटै गाउँघर गुञ्जायमान भइरहेका छन् । दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएकाले माघीको बेग्लै रौनक छाएको छ । ठाउँ ठाउँमा माघी मिलन र शुभकामना आदान प्रदान कार्यक्रम सुरु हुन समेत थालेका छन् ।
थारु अगुवाहरूका अनुसार थारुहरूले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरू सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । यतिबेला थारु बस्तीका चोकचोकमा युवाहरूको जमघट बढेको जनाउँदै बाहिरबाट आएकाहरू आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त रहेकोले जताततै पर्वको माहौल देखिएको छ ।
थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने चलन छ । माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठुला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
यो पर्वमा थारु जातिले विशेष परिकारका रूपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सुँगुर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुबा चयन गर्ने गरिन्छ । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

प्रतिक्रिया

खबर सबै