

भालुवाङ दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्धारा प्रभावकारी उपचारका लागि निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुबाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस गएराति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङमा रहेको राप्ती नदीको पुलबाट खसेको थियो । बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये १४ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।



खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया