

क्रिश्चियन धर्म प्रचारकलाई कपिलवस्तुमा कालोमोसो


कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा क्रिश्चियन धर्म प्रचार गरिरहेका दुई जनालाई कालोमोसो दलिएको छ । अबोध बालबालिकालाई झुक्याएर बाईवल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्याएको आरोप लगाउँदै महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले दुई जनालाई कालोमोसो दलेका हुन् । ७० जना महाकालका कार्यकर्ता र स्थानीयले प्रहरी कार्यालय नजिकैको घरमा रहेका क्रिश्चियन धर्मप्रचारक कृतिराज ढुंगाना र उनका सहयोगी मनोज कहाँरलाई कालोमोसो दलेका थिए ।
आफुहरु जनवरी २२ मा अयोध्या राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको कार्यक्रमलाई सफल पार्ने सन्दर्भमा तौलिहवा आएका बेला स्थानीयबाटै क्रिश्चियन धर्मको प्रार्थना बारे जानकारी पाएको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए । हिन्दु समुदायका अबोध बालबालिकालाई बाईबल पाठ गराईराखेको र स्थानीय महिलालाई उपचारको नाममा प्रभाव पारेर प्रार्थना गराएको खबर पाएपछि आफुहरु त्यहाँ पुगेको उनले जानकारी दिए ।
“स्थानीयले खबर गरेपछि हामी महाकालका ७० जना कार्यकर्ता त्यहाँ पुगेका थियौ । अबोध बालबालिकालाई झुक्याएर बाईबल पढाउँदै गरेको र महिलाहरुलाई प्रार्थनाले रोग निको हुने आश्वासन दिएको भेटेपछि स्थानीयले कालोमोसो दलेका हुन्” सचिव योगीले भने । महाकालका कार्यकर्ता र स्थानीयले कालोमोसो दलेर नगर घुमाउने योजना बनाउँदै गर्दा उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल उद्दार गरेको थियो ।
राष्ट्रमा सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भए पनि अरुको धर्ममा प्रभाव पार्ने छुट कसैलाई नभएको जनाउँदै यस्ता कार्यको प्रतिवाद हुन आवश्यक रहेको महाकाल युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष धर्मराज बिकले बताए । घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्दार गरेको र घटना बारे थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिए ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया