

समाज परिवर्तनमा स्काउटको महत्वपर्ण भुमिका हुन्छः मन्त्री मास्की



भगवती न्यौपाने, कपिलवस्तु
युवा सचेत भएमा समाज सभ्य हुने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनु भएको छ । लुम्बिनी प्रदेश स्काउट कार्यालयको आयोजनामामा भएको युवा मञ्च तथा स्काउट शान्ति सुरक्षा समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले यस्तो बताउनु भएको हो । युवाहरुले नै समाजलाई सही मार्गमा लैजान सक्ने बताउदै युवाहरुले समाजलाई सकारात्मकता तर्फ लौजानु पर्ने उहाँले बताउनु भयो । स्काउटले समाज रुपान्तरणमा खेलेको भूमिका महत्वपूणर् रहेको उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश स्काउट संयोजक दिनानाथ भट्टराईले हरेक व्यक्तिलाई स्काउटले जिमेवारी बनाउदै लौजाने बताउनु भयो । साथै उहाँले बालबालिको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको भुमिका धेरै हुने जानकारी गराउनु भयो । उहाँले स्काउले अनुशासन बनाउदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने समेत बताउनु भयो ।

उक्त कार्यक्रममा तुल्सिपुर उपमहानगर पालिका प्रमुख टिकाराम खड्का, घोराहि उपमहानगर पालिका शिक्षा शाखा प्रमुख बिनोद गौतम, सामाजिक बिकास डिभिजन प्रमुख बेगम केसि, शिक्षक संघठन केन्द्रिय सदस्य उद्दब न्यौपाने, लुम्बिनी प्रदेश सदस्य खुमाकान्त अधिकारी, मुकुन्द सुचिकार, राष्ट्यि प्रशिक्षक देवराज घिमिरे, प्रदेश सल्लाकार सुमन गोपाल आचार्य, नेपाल स्काउट प्रधान कार्यालयका योजना अधिकृत प्रकृती उप्रेती लगायतको सहभागिता रहेको थियो ।
प्रदेश सदस्य रबिन वलीलको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन प्रदेश कार्यलयका अधिकृत तारा पुरिले गर्नु भएको थियो । घोराहीमा पुस ७ गतेदेखि ११ सम्म प्रदेश स्तरीय कार्यक्रम भएको हो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया