

रानीमहलबाट ८७ लाख राजस्व सङ्कलन



नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ । चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।
पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्त्व विभाग अन्तर्गत छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानी महलको सरसफाइ, सौन्दर्यीकरण र व्यवस्थापन गर्दै आएको छ । रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको घुइँचो लागेको र राजस्वमा वृद्धि भएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार साउनदेखि मङ्सिरसम्ममा ६० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् । दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया