

एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु : प्रधानमन्त्री प्रचण्ड




प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी. इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा आज उहाँले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताउनु भयो । अबको निर्णय नागरिकको साथमा हुने उहाँले बताउनु भयो । उहाँले नागरिककाे निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘मेरो अब एक वर्ष पूरा हुँदैछ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल शुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढङ्गले काम गर्दैछु ।’
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी. इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया