
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न नाट्टाको माग

काठमाण्डौ । नेपाल एशोशिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन माग गरेको छ ।
नाट्टा प्रतिनिधिमण्डलले आज मङ्गलवार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देश प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन माग गरेको हो । महानिर्देशक अधिकारीले ज्ञापनपत्र बुझ्दै अन्तर्राष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो ।
यसअघि नाट्टाको प्रतिनिधिमण्डलले हिजो सोमवार काठमाण्डौमा एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधिलाई समेत भेटेर यस विषयमा कुरा राखेको थियो । नाट्टाको लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडीबीको लगानीमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडीबीको पनि सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
नाट्टा लुम्बिनी प्रदेश प्रतिनिधिमण्डलले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो । उनीहरूले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि भैरहवा तथा लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले अर्बौँ रुपैयाँ लगानी गरेका र विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा पर्यटन पूर्वाधारको लगानी खेर गएको बताएका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया