

चौरासी पूजाको अवसरमा भलवाडका थापा परिवारद्धारा शिवालय मन्दिरमा अक्षयकोष स्थापना



कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक थापा परिवारले शिवालय मन्दिरमा अक्षयकोष स्थापना गरेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित हिराबहादुर थापा र भुमकला थापाले आफ्नो चौरासी पूजाको अवसरमा शिवालय मन्दिरमा अक्षयकोष स्थापना गरेका हुन ।
हिराबहादुर र भुमकलाले आफ्नो चौरासी पूजाको अवसरमा भर्तापुर स्थित शिव पार्वती मन्दिर आमा समुहद्धारा संचालित शिवालय मन्दिरमा ५२ हजार २ सय २२ रुपैँया बराबरको अक्षयकोष स्थापना गरेका छन् । हिराबहादुर थापाले आफ्नी स्वर्गीय आमा जयसरा थापाको सम्झनामा मन्दिरमा अक्षयकोष स्थापना गरिएको हिराबहादुरका छोरा रुद्र थापा (बिनोद) ले जानकारी दिनुभएको छ ।
यही मंसिर १० गते थापा परिवारमा चौरासी पूजा आयोजना गरिएको थियो । सामाजिक क्षेत्रमा समेत यसअघि पनि महत्वपूर्ण सहयोग प्रदान गर्दै आएका हिराबहादुर र भुमकलाका तीन छोरा र एक छोरी छन् । छोराबुहारीहरु बिनोद÷शान्ति, बिजय÷शुस्मा, र संजय÷राधिका थापाले बुवाले आफ्नी ममतामयी माताको सम्झनामा अक्षयकोष स्थापना गरीएको बताउनुभएको छ । उहाँहरुले उक्त रकम मन्दिर संचालक समिति र थापा परिवारका नाममा राखिने बताउनुभएको छ ।
नाति नातिनाहरु राज, मनिस, रबिना, रमन र मंदीतासहित थापा परिवारले उक्त अक्षयकोषको रकम मन्दिर संचालक समितिका अध्यक्ष सरस्वती थापासहितको उपस्थितिमा घोषणा गरि स्थापना गर्ने बताउनुभएको थियो । मन्दिरको नियमित कामकाज र अन्य विभिन्न कार्यका लागि उक्त अक्षकोषको रकमबापत प्राप्त हुने व्याज रकमबाट खर्च गर्ने नियमित स्रोतको रुपमा अक्षकोषको रुपमा सहयोग गरिएको भुमकला थापाको भनाई छ ।
गुल्मीको रुपाकोटबाट वि.सं. २०२८ सालमा बसाईँसराई गरी कपिलवस्तुको बाणगंगा ९ भर्तापुरमा आएका थापा परिवारले यहाँका अन्य सामाजिक क्षेत्रमा पनि सहयोगी भुमिका खेल्दै आउनुभएको छ । आफ्नी स्वर्गीय आमाको सम्झनामा मन्दिर जस्तो धामिर्कक अनुष्ठानमा आफ्नो चौरासी पूजाको अवसरमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको हिराबहादुर थापाले बताउनुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया