

बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै चिकित्सक सङ्घको आपत्ति



बुटवल : बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।
हिजो बुधवार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहले गुन्डागर्दी र दादागिरी शैलीमा गम्भीर घाइते हुनेगरी कुटपिट गर्ने, गालीगलौज गर्नेजस्ता अमानवीय क्रियाकलाप गरेको सङ्घले जनाएको छ ।
उपचारका क्रममा भएको मृत्युलाई लापर्बाही भनी अस्वाभाविक आरोप लगाएको र वार्ता भइरहेकै बेलामा डाक्टरमाथि नै आक्रमण भएको भन्दै सङ्घले भर्त्सना र निन्दा गरेको छ । उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारण नै आतङ्कित हुनेगरी घटाइएको घटनाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको सङ्घले जनाएको छ ।
कुटपिट र अमानवीय क्रियाकलापमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कानुनी कारबाही गरेर सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन चिकित्सक सङ्घले सरकारसँग माग गरेको छ ।



खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया