

कपिलवस्तुमा गरियो दुर्गा भगवतीको मूर्ति विसर्जन


कपिलवस्तु। कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो ।
जिल्लाका १० स्थानीय तह अन्तर्गत बिभिन्न चोक बजार गाउँमा दसैंको अवसरमा मूर्ति प्रदर्शन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मूर्तिहरुको बिशेष हवन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयअनुसार कपिलवस्तुका १० स्थानीय तहमा साढे ३ सय बढी दुर्गा भगवतीको मूर्ति बनाइ प्रदर्शनमा राखिएको थियो । २० हजारदेखि ६० हजार बढी मूल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थपनाका दिन र अधिकांशले सप्तमीका दिन पूजापाठ गरी निकालेका हुन् ।
दुर्गा मूर्तिलाई भक्तजनले बाणगंगा नदीको रामघाट, लक्ष्ममणघाट, सुरई बेल नदी तथा बिभिन्न नालामा भब्यरुपमा बिसर्जन गरेका छन् । नवमी, दशमी र एकादशी गरी तीन दिन मूर्ति बिसर्जन गरिएको छ । नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पूजापाठ गर्नाले मनोकक्षां पूरा हुने धार्मिक बिश्वास रहिआएको छ । मूर्ति सेलाउने बिभिन्न स्थलमा मेला समेत लागेको थियो ।
सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो । कृष्णनगरमा मंगलवार नै सुरक्षा घेराभित्र मूर्ति बिसर्जन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताउनुभयो ।
मूर्ति विसर्जनका क्रममा कहीं कतै अप्रिय घटना नभएको उहाँको भनाइ छ । तौलिहवा र त्यस आसपास निकालिएको झाँकीलाई भक्तजनले नगर परिक्रमा गराई रामघाटमा लगेर विसर्जन गरेका छन् । बाजागाजा र नाचगानसहित भक्तजन रामघाट नदी पुगेका थिए ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया