

लुम्बिनीमा सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरुको भेला



बुटवल । प्रदेशहरुको दोस्रो आवधिक योजना निर्माण र प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकामा छलफल गर्न सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरु लुम्बिनीमा भेला भएका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगको आयोजना एवं समन्वयमा रूपन्देहीको लुम्बिनीमा बिहीबारदेखि २ दिने भेला आयोजना गरिएको छ । उक्त भेलामा कोशी प्रदेशबाहेक अन्य सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष, सातै प्रदेशका पूर्वमुख्यमन्त्रीहरु र लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्रीको सहभागीता रहने छ ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बुधबारसम्ममा कोशीबाहेक ६ प्रदेशका योजना आयोगका उपाध्यक्षहरु, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति रहने बताए ।
शुक्रबारसम्म चल्ने भेलामा सबै प्रदेशहरुको दोस्रो आवधिक योजनाबारे छलफल, संघीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरुको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नु पर्ने भूमिकाको विषयमा गहन छलफल हुनेछ । ‘अहिलेसम्मको समग्र अवस्थाको समीक्षा, भोलिका दिनको योजना र आयोगको भूमिकाका विषयमा छलफल हुनेछ,’ केसीले भने, ‘दोस्रो आवधिक योजना निर्माण र संघीय सरकारको १६ औं योजनाको अन्तरसम्बन्ध र एकरुपता ल्याउने विषय पनि छलफलको विषय छ ।’ अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयबस्तु माथि पनि छलफल गरेर प्रदेशहरुको विकासको योजना तयार हुने उनले बताए ।
लुम्बिनी प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख पोषणराज भण्डारीले संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषय पनि भेलामा छलफल हुने बताए । भेलाको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया