

बाणगंगामा एकै घरका दुई बहिनीलाई सर्पले डस्यो, एकको मृत्यु, अर्कीको अवस्था गम्भिर




ई–साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनी (बालिका) लाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो ।
मंगलबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बताइएको छ । सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगे स्थित सर्पदशं उपचार केन्द्रमा लगिएकामा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारका क्रममा ३ वर्षीय बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्र बहादुर रानाले जानकारी दिनुभयो ।
उहाँले साझाकुरासँग भन्नुभयो, ‘उपचारकै क्रममा दुई दिदीबहिनी मध्ये एकको मृत्यु भएको छ, एक जनाको अवस्था पनि गम्भिर छ । हामी उपचार गर्दै छौँ ।’ आठ वर्षीय इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको डा. रानाले बताउनुभयो । उनको पनि अवस्था गम्भिर रहेको छ ।
घरमा सुतिरहेका बेला राति करिब १२ बजेको समयमा उनीहरुलाई सर्पले डसेको अनुमान गरिएको स्थानीयले बताएका छन् । झुल लगाएर सुतेका एकै घरका दुई बहिनीलाई सर्पले डसेको हो ।
परिवारले ३ वर्षिय रितिकालाई सर्पले टोकेको आशंका गरि सर्पदशं अस्पताल गोरुसिँगेमा पुर्याएकामा उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको सर्पदशं अस्पतलाका डा. नबिन भण्डारीले बताउनुभयो । त्यस पश्चाल तीन वर्षीय बालिकालाई पनि आशंका मानि उपचारका लागि सँगै अस्पताल लगिएको बताइएको छ । एक जनाको कान र एकजनाको हातमा सर्पले डसेको बताइएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया