

राप्रपा लुम्बिनी प्रदेशले भन्यो, ‘नेपालगञ्जमा सद्भाव कायम राखौँ’

बुटवल । नेपालगञ्जमा मंगलवार भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लुम्बिनी प्रदेशले एक विज्ञप्तीमा सद्भाव कायम राख्न अपील गरेको छ ।
राप्रपाका प्रदेश अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी गरिएको अपीलमा भनिएको छ– ‘नेपालगञ्जमा भएको द्वन्दले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्नेप्रति राप्रपा लुम्बिनी प्रदेश गम्भीर चिन्ता प्रकट गर्दै धार्मिक द्वन्दको विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि, धार्मिक संघ–संस्था, समाजका अग्रज व्यक्तित्वहरु एवं स्थानीय प्रशासन एक ठाउँमा उभिएर सबै धर्म एवं सम्प्रदानयबीचको आपसी एकता र सद्भाव कायम राख्न राप्रपा लुम्बिनी प्रदेश हार्दिक अपील गर्दछ ।’
मंगलवार नेपालगञ्जमा सामाजिक सद्भावमा वाधा पुग्ने गवितिधिहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो ।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिती देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायको भनाइ छ ।
यसअघि, सोमबार पनि जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एक(अर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया