

कपिलवस्तुका पालिकाले दिए ‘अटवारी पर्व’मा बिदा


कपिलवस्तु । थारु समुदायको एक मुख्य पर्व अटवारीका अवसरमा कपिलवस्तुका पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् । आउँदो आइतबार (असोज ७ गतै) आइतबारका दिन थारु समुदायले बड्का अटवारी पर्व मनाउने भएकाले यहाँका पालिकाहरुले बिदा दिएका हुन ।
जिल्लाको बाणगंगा नगरपालिकासहित कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा हुने भएको छ । सो दिन थारु समुदायले बड्का अटवारी र हिन्दु समुदायले बड्का आइतबार पर्व मनाउँछन् ।
कपिलवस्तु नगरपालिका ६ सगरहवाका हकिम थारुका अनुसार अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बालेर भीमको पूजा गर्ने प्रचलन छ । थारु समुदायको बसोबास रहेको कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
हिन्दु नारीहरुको हरितालिका तीजपछिको आइतबारलाई बड्की आइतबार भनेर मनाउने परम्परा छ । तर हरितालिका पछिको आइतबार षष्ठी परेमा बडकी आइतबार मनाइँदैन र त्यसपछिको आइतबारलाई बड्की आइतवार पर्व मान्ने चलन छ ।
संस्कृतविद्का अनुसार स्वास्थ्य, दीर्घायु, सुखमय जीवनको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पुरुषले स्वास्थ्य सुखमय जीवनको लागि व्रत बस्ने गर्दछन् भने महिलाहरुले सन्तान प्राप्ति, श्रीमानको स्वास्थ्य दीर्घायु र राम्रो वरको लागि यो व्रत बस्ने चलन छ ।
यो पर्वमा विशेष गरेर गहुँको पिठोबाट बनेको विभिन्न प्रकारका रोटी मिठाई बनाएर खाने गरिन्छ । विवाहित छोरी, चेलीबेटी, ज्वाइँलाई बोलाएर मिठा मिठा परिकार साथै उपहार दिएर यो पर्व मनाउने परम्परा छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया