

दशै खर्च माग्न मुख्यमन्त्री चौधरीसँग राउटेका मुखियाको भेट



दाङ । फिरन्ते जीवन बिताउने राउटेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समक्ष दशैं खर्च मागेका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखिया विर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गर्दै आफ्नो समुदायका लागि दशैं खर्च दिन आग्रह गरेका हुन् ।
उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह गरे । ‘दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्यो’ मुख्यमन्त्री समक्ष शाहीले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्यो । हामीले लगेर सबै जनतालाई बाड्छौं।’ उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए ।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । ‘राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ, ’ मुख्यमन्त्री चौधरीले भने, ‘२र३ दिनमा सरकारको केही सहयोग हुन्छ ।’
राउटे शाही टोलीले मुख्यमन्त्री चौधरीसँगै अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया