
दशै खर्च माग्न मुख्यमन्त्री चौधरीसँग राउटेका मुखियाको भेट

दाङ । फिरन्ते जीवन बिताउने राउटेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी समक्ष दशैं खर्च मागेका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखिया विर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गर्दै आफ्नो समुदायका लागि दशैं खर्च दिन आग्रह गरेका हुन् ।
उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह गरे । ‘दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्यो’ मुख्यमन्त्री समक्ष शाहीले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्यो । हामीले लगेर सबै जनतालाई बाड्छौं।’ उनले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए ।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । ‘राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ, ’ मुख्यमन्त्री चौधरीले भने, ‘२र३ दिनमा सरकारको केही सहयोग हुन्छ ।’
राउटे शाही टोलीले मुख्यमन्त्री चौधरीसँगै अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया