नकपा (एस) का नेता गुरुङले गरे पार्टी परित्याग घोषणा

रुपन्देही : नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले आजबाट स्वतन्त्र वामपन्थी भएको उल्लेख गर्दै आफ्नो टाउको हलुङ्गो भएको बताएका छन् ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।

उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं। २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको गुरुङले जानकारी दिए  ।

प्रतिक्रिया