

किन राखिन्छ घरको मुख्य ढोकामा स्वस्तिक चिह्न ?



ईसाझाकुरा :
धेरैको घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाएको देखिन्छ । सायद तपाइँले पनि धेरै घर अफिसमा स्वस्तिक चिह्न देख्नु भएको होला । कतिपयले सिन्दूर केशरीले आफैँ चित्र कोर्ने गर्छन् भने कसैले स्वस्तिक अङ्कित टाँस्न मिल्ने तामाको स्वस्तिक टाँसेको देखिन्छ ।
कतिपयले ढक तराजुमा पनि स्वस्तिक चिन्ह बनाएको पाइन्छ । जसबाट अधिक मात्रामा ब्यापार व्यवसाय हुने विश्वास गरिन्छ ।
किन राखिन्छ त घरमा स्वस्तिक चिह्न ? वास्तवमा वास्तुशास्त्र अनुसार स्वस्तिकको अर्थ शुभ हुन्छ । यसलाई मङ्गल एवम् कल्याण गर्ने सङ्केतका रूपमा पनि लिइन्छ ।
स्वस्तिक शब्द सु र अस् धातुबाट बनेको हो । सु को अर्थ शुभ, मंगल अथवा कल्याणकारी, र अस को अर्थ अस्तित्वमा रहिरहेको भन्ने बुझाउँछ । स्वस्तिक बनाउँदा धन आर्जन हुने जनविश्वास छ ।
हामी सबैले विभिन्न देवताहरूको हातमा पनि चारैतिर घुमिरहने आभामण्डलको चिह्न स्वस्तिक देखेका छौँ । स्वस्तिक देवताहरूको शक्तिको प्रतीक भएकाले यसलाई वास्तुशास्त्रमा शुभ एवं कल्याणकारी मानिएको छ ।
‘स्वस्तिक’को आकृतिलाई भगवान् श्री गणेशको प्रतीक मान्ने गरिन्छ भने श्री हरि र सूर्यको आसन पनि स्वस्तिकलाई नै मानिन्छ । स्वस्तिकलाई सूर्य तथा विष्णुको प्रतीकको रूपमा पनि मानिन्छ ।
स्वस्तिक घरको मूल ढोकामा बनाउँदा यसका ४ वटा पोइन्ट हुन्छ । जहाँबाट सकारात्मक ऊर्जा प्रवाह हुन्छ । यदि कसैको घरको ढोकामा स्वस्तिक टाँसिन्छ भने त्यसले नकारात्मक शक्तिलाई हटाइ सकारात्मक ऊर्जा प्रवाह गर्छ ।
वास्तुशास्त्र अनुसार स्वस्तिकको प्रयोगले मानिसको जीवनमा व्याप्त तनाव, रोग, क्लेश, गरिबी, एवं शत्रुता निवारण हुन्छ । त्यसकारण घरको ढोकामा सिन्दुर वा केशरीको प्रयोग गरेर स्वस्तिक चिह्न बनाउने गरिन्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया