

किन राखिन्छ घरको मुख्य ढोकामा स्वस्तिक चिह्न ?


ईसाझाकुरा :
धेरैको घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाएको देखिन्छ । सायद तपाइँले पनि धेरै घर अफिसमा स्वस्तिक चिह्न देख्नु भएको होला । कतिपयले सिन्दूर केशरीले आफैँ चित्र कोर्ने गर्छन् भने कसैले स्वस्तिक अङ्कित टाँस्न मिल्ने तामाको स्वस्तिक टाँसेको देखिन्छ ।
कतिपयले ढक तराजुमा पनि स्वस्तिक चिन्ह बनाएको पाइन्छ । जसबाट अधिक मात्रामा ब्यापार व्यवसाय हुने विश्वास गरिन्छ ।
किन राखिन्छ त घरमा स्वस्तिक चिह्न ? वास्तवमा वास्तुशास्त्र अनुसार स्वस्तिकको अर्थ शुभ हुन्छ । यसलाई मङ्गल एवम् कल्याण गर्ने सङ्केतका रूपमा पनि लिइन्छ ।
स्वस्तिक शब्द सु र अस् धातुबाट बनेको हो । सु को अर्थ शुभ, मंगल अथवा कल्याणकारी, र अस को अर्थ अस्तित्वमा रहिरहेको भन्ने बुझाउँछ । स्वस्तिक बनाउँदा धन आर्जन हुने जनविश्वास छ ।
हामी सबैले विभिन्न देवताहरूको हातमा पनि चारैतिर घुमिरहने आभामण्डलको चिह्न स्वस्तिक देखेका छौँ । स्वस्तिक देवताहरूको शक्तिको प्रतीक भएकाले यसलाई वास्तुशास्त्रमा शुभ एवं कल्याणकारी मानिएको छ ।
‘स्वस्तिक’को आकृतिलाई भगवान् श्री गणेशको प्रतीक मान्ने गरिन्छ भने श्री हरि र सूर्यको आसन पनि स्वस्तिकलाई नै मानिन्छ । स्वस्तिकलाई सूर्य तथा विष्णुको प्रतीकको रूपमा पनि मानिन्छ ।
स्वस्तिक घरको मूल ढोकामा बनाउँदा यसका ४ वटा पोइन्ट हुन्छ । जहाँबाट सकारात्मक ऊर्जा प्रवाह हुन्छ । यदि कसैको घरको ढोकामा स्वस्तिक टाँसिन्छ भने त्यसले नकारात्मक शक्तिलाई हटाइ सकारात्मक ऊर्जा प्रवाह गर्छ ।
वास्तुशास्त्र अनुसार स्वस्तिकको प्रयोगले मानिसको जीवनमा व्याप्त तनाव, रोग, क्लेश, गरिबी, एवं शत्रुता निवारण हुन्छ । त्यसकारण घरको ढोकामा सिन्दुर वा केशरीको प्रयोग गरेर स्वस्तिक चिह्न बनाउने गरिन्छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया