

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित



रूपन्देही :
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।
कँडेल एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी हुनुभएको हो ।
गएराति सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी रिजालले ४ सय ७७ मत पाउनु भयो ।
त्यसैगरी उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४ सय ५५ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३ सय ६ मत पाउनु भयो ।
पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी हुनुभयो ।
उहाँका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँकी प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३ सय ५१ मत पाउनु भयो ।
यस्तै, सचिवमा लक्ष्मण आचार्य अस्ति सोमवार नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा चुनावमा ९ सय ६५ मत मात्रै खसेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया