

जग्गा किनबेचमा लगाइएको रोक हटाउन माग गर्दै देउखुरीमा धर्ना



दाङ । लुम्बिनी प्रदेश राजधानी बनाइएको राप्ती उपत्यका क्षेत्रको जग्गा किनबेचमा लगाइएको रोक हटाउन माग गर्दै संघर्ष समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटमा धर्ना दिएको छ । ३६ महिनादेखि यस क्षेत्रको जग्गा कारोबार रोक्का छ । जग्गा कारोबारी, राप्ती उद्योग वाणिज्य संघ पदाधिकारी र जग्गाधनीले धर्ना दिएका हुन् ।
तीन वर्षसम्म प्रदेश सरकारले जग्गा रोक्का गर्दा जग्गाधनी मर्कामा परेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । २०७७ असोज १६ मा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरेर पूर्वाधारको व्यवस्थित निर्माणसँगै आधुनिक राजधानी बनाउन राप्ती उपत्यका क्षेत्रको जग्गा रोक्का गरेको थियो ।
राजधानी उपत्यका अन्तर्गत दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको वडा १, २ र ३ एवं अर्घाखाँची शीतगंगा नगरपालिकाको वडा ८ र ९ को जग्गा रोक्का छ । प्रदेश सरकारका लागि धेरैजसो पूर्वाधार तयार भएका छन्‚ केही निर्माणाधीन छन् ।
राजधानी व्यवस्थापनको नाममा ३ वर्षसम्म जग्गा रोक्का राख्दा किनबेच, अंशबण्डा, कित्ताकाट, बैंक धितो सबै बन्द भएर मर्का परेपछि आन्दोलनमा उत्रनु परेको संघर्ष समिति संयोजक एवं राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले बताए । सरकार फेरिने तर, राजधानी व्यवस्थापनको काम सुरुदेखि नै राम्रोसँग अघि बढ्न नसकेको उनले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया