

एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन : विष्णु पौडेल





बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई नभएको टिप्पणी गरेका छन् । शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमालेको विषयमा भ्रम फैलाएर आफू बलियो बन्ने सपना नदेख्न पनि आग्रह गरेका छन् ।
गत बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र धाँजा फाटेको, नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएको र कुनै पनि बेला विस्फोट हुने बताएका थिए । सोही भनाईप्रति लक्षित गर्दै पौडेलले भने, ‘अवसरवादीहरु एमालेलाई कमजोर बनाउन सके आफू बलियो भइएला भन्ने सोचेर भविष्यवाणी गर्दै हिंडेका छन् तर एमालेको भविष्यवाणी गर्ने अधिकार अरुलाई छैन ।’
पौडेलले अगाडि भने, ‘विगतमा पनि एमालेललाई कमजोर मात्र हैन समाप्त पार्न प्रयास गरिएको थियो तर एमालेले ती सबै प्रयासलाई परास्त गरेको हो ।’ उपाध्यक्ष पौडेलले प्रदेश अधिवेशनलाई लिएर महासचिव पोखरेल र आफ्नो नाम जोडेर गुटको लडाई भनेर प्रचार गरिएको तर कुनै गुट नरहेको बताए । ‘शंकर पोखरेल र मेरो गुट छैन, रंगीन समाचारबाट तरंगित नहुनुहोला’, पौडेलले भने, ‘गुटबन्दी मुर्दावाद पार्टी एकता जिन्दावाद ।’
उनले नीति र विचारमा एमालेभित्र कुनै विमति नरहेको दावी गर्दै विवाद छ भन्ने कुरा पानीको फोका मात्रै भएको बताए ।
उनले १० औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको बताए । गत वर्षको आम निर्वातनमा पार्टीले जित्ने सुनिश्चित भएका र फराकिलो मतान्तरले जित्ने निर्वाचन क्षेत्रमा अनपेक्षित नतिजा आएको भन्दै उपाध्यक्ष पौडेलले त्यसको समीक्षा गर्नुपर्ने बताए ।
वर्तमान सरकारले अर्थतन्त्र र अरु समस्या समाधान गर्न नसक्ने पौडेलले दावी गरे । उनले मुलुकको समृद्धि र विकासका लागि २०८४ को चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी एकतावद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया