

स्थानीय मदिरा उत्पादन र ब्रान्डिङबाट ६ लाख युवालाई रोजगारीमा जोड्ने मुख्यमन्त्री चौधरीको घोषणा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय मदिरा उत्पादनका साथै ब्रान्डिङ, कृषि उत्पादन र पर्यटनबाट १२ जिल्लाका ६ लाख महिला र युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।
उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम शीर्षकमा आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा डेढ अर्ब छुट्टाएका छन् भने डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याउने दाबी गरेका छन् । यसका लागि विज्ञसहितको टोलीबाट कार्यविधि बनाउने तयारीमा मुख्यमन्त्री कार्यालय रहेको छ । तराईमा रहेका थारु समुदायलाई मौवाको मदिरा, कृषि उत्पादन र पर्यटनमा चौधरीलाई मुख्य जोड दिएका छन् ।
‘तराईमा मौवा, कोदो, अनादिसहित अन्य स्थानीय मदिरा उत्पादनलाई व्यवस्थित र उद्योगको रुपमा लगेर ब्रान्डिङ गर्ने हो,’ मुख्यमन्त्री चौधरीले भने, ‘थारु, मगर र गुरुङ समुदायमा यसको उत्पादन हुन्छ । उत्पादन गर्ने, प्याकेजिङ र बजारीकरण गर्ने छुट्टाछुटै जनशक्ति परिचलान हुन्छन् ।’
यसका लागि संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री र सचिव एवं राजस्व विभागसँग छलफल भइरहेको उनले बताए । सबै कुरा सकारात्मक भएकाले कानुनी प्रक्रिया सहज गराइने उनले बताए । हाल उत्पादन भइरहेको स्थानीय मदिरालाई व्यवस्थित गर्दै उद्योगको रुपमा लैजानुपर्ने उनको तर्क छ । मौवा, अनादि, कोदोलगायतको मदिरालाई ब्रान्डिङ गरी विदेश पठाएर मुद्रा आर्जन गर्न सकिने आधार रहेको उनले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया