
स्थानीय मदिरा उत्पादन र ब्रान्डिङबाट ६ लाख युवालाई रोजगारीमा जोड्ने मुख्यमन्त्री चौधरीको घोषणा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय मदिरा उत्पादनका साथै ब्रान्डिङ, कृषि उत्पादन र पर्यटनबाट १२ जिल्लाका ६ लाख महिला र युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।
उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम शीर्षकमा आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा डेढ अर्ब छुट्टाएका छन् भने डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याउने दाबी गरेका छन् । यसका लागि विज्ञसहितको टोलीबाट कार्यविधि बनाउने तयारीमा मुख्यमन्त्री कार्यालय रहेको छ । तराईमा रहेका थारु समुदायलाई मौवाको मदिरा, कृषि उत्पादन र पर्यटनमा चौधरीलाई मुख्य जोड दिएका छन् ।
‘तराईमा मौवा, कोदो, अनादिसहित अन्य स्थानीय मदिरा उत्पादनलाई व्यवस्थित र उद्योगको रुपमा लगेर ब्रान्डिङ गर्ने हो,’ मुख्यमन्त्री चौधरीले भने, ‘थारु, मगर र गुरुङ समुदायमा यसको उत्पादन हुन्छ । उत्पादन गर्ने, प्याकेजिङ र बजारीकरण गर्ने छुट्टाछुटै जनशक्ति परिचलान हुन्छन् ।’
यसका लागि संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री र सचिव एवं राजस्व विभागसँग छलफल भइरहेको उनले बताए । सबै कुरा सकारात्मक भएकाले कानुनी प्रक्रिया सहज गराइने उनले बताए । हाल उत्पादन भइरहेको स्थानीय मदिरालाई व्यवस्थित गर्दै उद्योगको रुपमा लैजानुपर्ने उनको तर्क छ । मौवा, अनादि, कोदोलगायतको मदिरालाई ब्रान्डिङ गरी विदेश पठाएर मुद्रा आर्जन गर्न सकिने आधार रहेको उनले बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया