

लुम्बिनी विकास कोषमा स्वच्छ छबि भएका धर्मगुरु नियुक्ति गर्न माग



काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छबि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरूले सरकारको ध्यानाकाषर्ण गराएका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन्। लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ।
कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ।
पत्रकार सम्मेलनमा तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौंलाख बुद्धका शिष्यहरू हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए।
कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बु्द्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको भनाइ छ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया