

यात्राको चौथो वर्षमा प्रवेश ईसाझाकुरा


ईसाझाकुरा
साझाकुरा मिडिया गु्रपद्धारा सञ्चालित ईसाझाकुरा डट कम सफलता पुर्वक तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । यो खबर सुनाउन पाउँदा हामीलाई गर्भ महसुश लागेको छ । सूचना तथा प्रसारण विभागमा १७ माघ २०७७ मा दर्ता गरे पनि २०७७ साउन १४ गतेदेखि नै इसाझाकुरा डटकम औपचारिक रुपमा सुरु भएको थियो । दर्ता भएको मितिलाई भन्दा कार्य प्रारम्भ भएको दिनलाई हामीले वार्षिकोत्सव मानेका छौं ।
कोरोना महामारीको चुनौतिले समातेको बेला सामाजमा सकारात्मक सन्देश फैलाउने उदेश्यका साथ लुम्बिनी प्रदेशलाई मुटुमा राखेर हामी हाम्रो डिजिटल पत्रिकाको सुरुवात गरेका थियौ । तर पछि मिडिया तथा मिडिया हाउस नै सञ्चालन गर्ने गाह्रो अबस्था सिर्जना भयो कारण बन्यो कोरोना कहर र त्यसपछि आर्थिक मन्दी विज्ञापनको संख्या घट्नु साथ मिडिया सञ्चालन गर्नु र निरन्तरता दिनु पनि चानचुने कुरा रहेनछ । ईसाझाकुरा निरन्तरतामा प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग गर्ने सूचनादाता, विज्ञापनदाता, पाठक, शुभेच्छुक र शुभचिन्तकप्रति हामी आभारी छौं ।
पाठकहरुको चाहना अनुसार आगामी दिनमा हाम्रा सेवाहरुलाई अझै बढी परिमार्जित तथा परिष्कृत गर्दै अघि बढ्ने प्रण गर्दछौं । साझाकुरा मिडिया ग्रुपको अमूल्य सम्पति भनेकै हाम्रा प्रिय पाठक हुन् भन्ने मूल मन्त्र हामीले अंगीकार गरेका छौं ।
हामीले शुभारम्भमा नै भनेका थियौं, हाम्रो उदेश्य भनेको भरोसा सबैको भन्ने र सबैको साझा बन्ने भन्दै भरोसा सबैको अनि सबैको साझा भन्ने मुल मन्त्रलाई अगाडी सारेर नै हाम्रो यात्राले निरन्तरता पाएको छ ।
हाम्रा प्रकाशन विशेष गरी लुम्बिनी प्रदेशलाई मुख्य प्राथमिकता राखेर लुम्बिनी प्रदेशभित्रका जिल्लाहरु सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय, शिक्षा, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जनका सामाग्री प्रकाशन गर्दै आएका छौँ । युटुव् माफ्त साझाकुरा नामक युटुव च्यानलबाट विभिन्न किसिमका श्रृव्यदृश्य सामाग्री प्रकाशन गदै जानु पत्रकारिताको धर्म हो भन्दै हामी सबै किसिमका सामाग्रीहरुलाई प्रकाशन गरेका छौँ ।
लक्ष्य र उद्देश्य अनुरुप गर्नपर्ने धेरै बाँकी नै छ । आगामी दिनमा बाँकी अभिभारा पूरा गर्ने विश्वास दिलाउन चाहन्छौं । यहाँहरुको अझ बढी साथ, सहयोग र सहकार्यको खाँचो छ । तपाईबाट प्राप्त उर्जालाई खुसीमा रुपान्तरण गर्दै त्यो खुसी व्यक्ति, समाज र मानव जातिमा बाँड्ने प्रयत्नमा पक्कै साझाकुरा मिडिया ग्रुप सफल हुनेछौं भन्ने आशा र विश्वास व्यक्त गर्दछौँ ।
अन्त्यमा ईसाझाकुरालाई सफलता पुर्वक तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गराउन महत्वपुर्ण भुमिका खेल्ने प्रबन्ध निर्देशक, सम्पादक, व्यवस्थापक, आई.टी विभाग, ग्राफिस विभाग, विभिन्न प्रदेश प्रमुखहरु, संवाददाता र बजार व्यवस्थापक प्रति विशेष आभार र कृतज्ञता व्यक्त गर्दछौँ ।
प्रधान सम्पादक
नवराज बेल्वासे
साझाकुरा मिडिया ग्रुप प्रा.लि
वाणगंगा ९, कपिलवस्तु


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया