

रोल्पामा विषालु च्याउ खाँदा एक महिलाको मृत्यु



रोल्पा । रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाको ज्यान गएको छ । विषालु च्याउको तरकारी खाँदा बिरामी भएकी लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
असार २६ गते विषालु च्याउ खाँदा बिमलासहित सात वर्षीया रोशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया ऋतु विक बिरामी परेका थिए । बिरामीपरेकामध्ये बिमलाको आज शनिवार बिहान उपचारका क्रममा ज्यान गएको हो ।
च्याउ खाएर बिरामी परेका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार सम्भव नभएपछि असार ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल लगिएको थियो । त्यही परिवारकै सात वर्षकी रोशनी विकको भने श्रावण २ गते उपचारका क्रममा ज्यान गएको थियो ।
यस्तै, विषालु च्याउ खाएर बिरामी परेका त्यही ठाउँका ३५ वर्षीया भीमा गुरुङ, ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको असार २५ गते ज्यान गएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया