

नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै


काठमाण्डाै
आज नेवार समुदायले गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी आजै मनाउन लागिएको हो ।
आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।
यस्तै घरको ढोकामा भूतप्रेत र अरु डरत्रासबाट जोगिन भन्दै फलामको तीनखुट्टे ओदान पनि गाड्ने गरिन्छ, । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न भन्दै फलामको औंठी लाउने चलन पनि रहेको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया