

बाणगंगा नदिमा डुबेर एकजनाको मृत्यु


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
नदिले बाढीमा बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा उनलाई खोलाले बगाएको स्थानीय व्यक्तिहरुको भनाइलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जर्लैया घाटमा दाउरा जम्मा गर्ने क्रममा डुबेका लोधलाई स्थानीयले उद्धार गरेका भए पनि उनको मृत्यु भइसकेको थियो ।
उनको शव घटना स्थलभन्दा झण्डै एक किलोमिटर टाढा फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमाका लागि पठाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया