

कपिलवस्तुका ८ पालिकाले बजेट ल्याउँदा दुई पालिका विवादमा रुमलिए





कपिलवस्तु । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आन्तरिक विवादका कारण तोकिएको समयमा बजेट ल्याउन नसकेको पाइएको छ । ऐनले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्था गरेपनि रुपन्देहीका ३ वटा पालिका, कपिलवस्तुका दुई पालिका र रोल्पाको एक गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका र यशोधरा गाउँपालिका तथा रुपन्देहीको सम्मरीमाई, रोहिणी,कोटहीमाइ गाउँपालिकाले बजेट ल्याएका छैनन् । यस्तै, रोल्पाको गंगादेव गाउँपालिकाले पनि अझैसम्म बजेट ल्याउन सकेको छैन ।
यसरी बजेट ल्याउन नसक्नुमा धेरै ठाउँमा वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच बजेटमा विवाद देखिएको छ । केही आन्तरिक कारण पनि देखिएका छन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा वडा अध्यक्ष र गाउँपालिका अध्यक्षबीच कुरा नमिल्दा बजेट पास नभएको अवस्थामा छ । गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी लोसपा हुन् भने बहुमत वडाध्यक्षहरू नेपाली काँग्रेसका छन् । यो गाउँपालिकाका वडाध्यक्षहरू आफ्नो सिलिङअनुसार बजेट नदिएको भन्दै नीति तथा कार्यक्रम पास गर्न नदिएको गाउँपालिका अध्यक्ष कमलेश चौधरीले बताए । उनले आफूले मिलाउने प्रयास गरिरहेका छन् ।
यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरे पनि आन्तरिक विवादका कारणले बजेट ल्याउन सकस परेको छ ।
उता रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका वडाध्यक्षहरूले धेरै बजेट माग्ने र अध्यक्षले मिलाउने प्रयास नगर्दा बजेट ल्याउन समय लाग्ने देखिएको छ । उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले गाउँपालिका अध्यक्षले र वडाध्यक्षबीच समन्वय हुन नसक्दा गाउँसभा हुन नसकेको बताए । वडाध्यक्षर गाउँपालिका अध्यक्षबीच बजेट विषयमा कुरा नमिल्दा रुपन्देहीका रोहिणी गाउँपालिका र कोटहीमाई गाउँपालिकाले पनि बजेट ल्याउन सकेका छैनन् । बजेट नल्याएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच मतभेद हटाएर बजेट ल्याउने आग्रह गरेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बताए ।
रोल्पाको गंगादेव गाउँपालिकामा नीति तथा कार्यक्रम पारित भए पनि अझैसम्म बजेट ल्याएको छैन । गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी केसीले बजेटमा शीर्षकहरू परिवर्तन गर्नुपर्ने भएकाले ढिलो भएको भन्दै अव दुई, तीन दिनमै बजेट ल्याउने बताइन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया