

घाटामा ‘साल्ट ट्रेडिङ्’


काठमाडौं
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् ।
उनले भनिन्, ‘नुनको कारोबारमा धेरै घाटा छ । दुर्गममा त झन् बढी घाटा छ ।’ नुनको घाटा कम्पनीले अन्य व्यवसायबाट परिपूर्ति गर्ने गरेको श्रेष्ठको भनाइ छ ।
साल्ट ट्रेडिङ नेपालमा सबैभन्दा पहिले खुलेको पब्लिक कम्पनी हो । देशभर आयोडिनयुक्त नुनको आपूर्ति साल्ट ट्रेडिङमार्फत भइरहेको छ ।
अहिले ६ महीनालाई पुग्ने नुन मौज्दात रहेको पनि श्रेष्ठले बताइन् । साल्ट ट्रेडिङले अनुदान र गैरअनुदानको मल पनि आयात गर्छ । नेपालमा वार्षिक ५ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।
अहिले ६०–७० हजार मेट्रिक टन मात्रै मौग्दात छ । तर, सीईओ श्रेष्ठले सबै किसानले मल पाउने भन्दै ढुक्क हुन आग्रह गरिन् । सीईओ श्रेष्ठका अनुसार सरकारले विभिन्न जिल्लामा मलको कोटा छुट्टयाएको हुन्छ ।
त्यही अनुसार कर्पोरेशनले मल पुयाउँछ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया