

शेयर बजार सामान्य घट्याे, ४ अर्ब ७४ कराेड रुपैयाँकाे काराेबार



काठमाण्डाै
हिजाे (आइतवार) उच्च अङ्कले बढेकाे शेयर बजार आज (साेमवार) भने सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेकाे छ ।
आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहकाे शेयर घटेकाेमा बिमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।
आज दुई सय ७६ वटा कम्पनीका एक कराेड २९ लाख कित्ता शेयर चार अर्ब ७४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे २९ कराेड ८२ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
आज युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया