

तराईमा गर्मी घटेन : लम्बियो विद्यालय बिदा



कपिलवस्तु । तराईमा पछिल्लो दुई साता यता लागतार बढीरहेको गर्मीका कारण यहाँको जनजीवन प्रभावित बनिरहेको छ । गर्मी घट्ने अवस्था नदेखिएपछि कपिलवस्तुसहित विभिन्न जिल्लाका पालिकाले विद्यालयमा दिइएको बिदा थप गरेका छन् ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले आज सम्मका लागि मात्रै कायम गरेको गर्मी बिदा जेठ मसान्त सम्मै थप गरेको छ । जिल्लामा अध्याधिक गर्मी बढेपछि बालवालिकाहरुको पठनपाठन र स्वास्थयमै असर गर्न सक्ने भन्दै पालिकाले बिदा थप गर्ने निर्णय गरेको हो ।
यस्तै यहाँको बाणगंगा नगरपालिकाले आउँदो सोमबार सम्म बिदा दिएको छ भने उता बाँकेको नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम नरोकिएपछि पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
यसबाहेक कपिलवस्तुको मायादेवी गाउँपालिकाले समेत विद्यालयमा बिदा दिएको छ भने यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिकाले समेत बिदा थप गरेका छन् । यस्तै बुद्धभुमि नगरपालिकाले पनि बिदा थपिएको सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अझै केही दिन तातो हावा चल्ने हुँदा सोही बमोजिम गर्न गराउन भन्दै सार्वजनिक सुचना निकालेपछि पालिकाहरुले बिदा लम्ब्याएको हो। नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा गर्मी झनै बढेको जनाउँदै जेठ २६ गते शुक्रबारसम्म बिदा थप गरेको थियो । तर, गर्मी बढ्दै गएपछि शुक्रबार फेरी सुचना निकालेर जेठ ३० गतेसम्म बिदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
उता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले असार ४ गते सम्म बिदा दिएको छ । लुम्बिनी प्रदेशमा ४४ डिग्री सेल्सियस सम्म तापमान पुगेको छ भने तातो हावाका कारण जनजीवन झन प्रभावित भएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु










प्रतिक्रिया