

गर्मी बढ्यो, तत्काल पानी पर्ने सम्भावना कति छ ?



काठमाण्डौ । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ ।
पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ ।गएको सोमवार र मंगलवार काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो । हिजो ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ ।
सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस र भैरहवाको ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।यस्तै, नेपालगञ्ज, विराटनगर, धरान लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ। अझै तीन दिन मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् रोजर लामिछानेले बताउनुभयो ।तापक्रम बढिरहेकाले तराईका जिल्लामा तातो हावा चल्ने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन् ।
तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने अर्का मौसमविद् संजिव अधिकारीले बताउनुभयो ।
घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ । यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानी पाइने फलफूल खान, खेतबारीका काम बिहान बेलुका मात्रै गर्न विज्ञको सुझाव छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया