

आईपीएल : फाइनल प्रवेशका लागि मुम्बई र गुजरात भिड्दै


काठमाडौं
इन्डियन प्रिमियर लिग (आईपिएल)को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।
अहमदाबादमा नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ। यो खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। यो गुजरात टाइटन्सको घरेलु मैदान हो। साबिक विजेता गुजरात पहिलो प्ले अफमा चेन्नई सुपुरकिंगसँग पराजित भएको थियो। मुम्बईले पहिलो क्वालिफायरमा लखनउ सुपरजायनटलाई ८१ रनले पराजित गरेको थियो। गुजरात समूह चरणको शीर्ष टोली हो भने मुम्बई क्वालिफायर खेल्ने अन्तिम टोली हो।
यस मैदानमा अहिलेसम्म आइपिएलका २५ खेल भएका छन्, जसमा पहिला ब्याटिंग गर्ने टिमले १२ खेल जितेका छन् भने रन चेज गर्ने टिमले १३ खेल जितेका छन्।
आजको विजेताले उपाधिका लागि आइतबार चेन्नईसँग खेल्नेछ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया