

रेसुंगा क्षेत्रमा भीषण आगलागी



गुल्मी : गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । शुक्रबार नै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि साँझ फेरि फैलिएको थियो ।
खानीगाउँ क्षेत्र र गर्जुरा क्षेत्रको सडकभन्दा बिचमा आगो लागेकाले दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ । शनिबार पनि बिहानैबाट रेसुंगा नगरपालिकाको दमकल र आगो नियन्त्रण टोली रेसुंगा पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको छ । बिहानमा नियन्त्रण गर्न सजिलो हुने भएकाले टोलीलाई बिहानै पठाइएको गैरैले बताए ।
तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया