

रेसुंगा क्षेत्रमा भीषण आगलागी



गुल्मी : गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । शुक्रबार नै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि साँझ फेरि फैलिएको थियो ।
खानीगाउँ क्षेत्र र गर्जुरा क्षेत्रको सडकभन्दा बिचमा आगो लागेकाले दमकललाई पनि आगो नियन्त्रण गर्न अप्ठ्यारो भइरहेको छ । शनिबार पनि बिहानैबाट रेसुंगा नगरपालिकाको दमकल र आगो नियन्त्रण टोली रेसुंगा पुगेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको छ । बिहानमा नियन्त्रण गर्न सजिलो हुने भएकाले टोलीलाई बिहानै पठाइएको गैरैले बताए ।
तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग लगभग प्रत्येक वर्ष डढेलोको चपेटामा ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक वर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया