

एमाले नेता पन्थीले लेखे, ‘बुद्धी भए टोप बहादुरले आत्म समर्पण गर्नु राम्रो हुन्छ’



कपिलवस्तु । नेकपा एमालेका नेता विष्णु पन्थीले पार्टी सचिव टोपबहादुर रायमाझीले बुद्धि भए आत्म समर्पण गरेको राम्रो रहेको उल्लेख गरेका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष रहेका नेता पन्थीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइएपछि प्रहरीले पक्राउ पुर्जि जारी गरेको एक हप्ता वितिसक्दासम्म पनि रायमाझी फरार हुनु गलत रहेको उल्लेख गरेका हुन ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री समेत रहेको विष्णु पन्थीले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, माननीय टोप बहादुर रायमाझी प्रहरीले खोजेपछि तुरुन्तै आफै जानुपर्ने , कमरेड टोपबहादुर एमाले पार्टीले भनेपछि गएको भएपनि हुन्थ्यो त्यो पनि नमानेर लुकेपछि त एकैपटकमा दुई गल्ती गर्नुभयो । जस्ले गर्दा झन बढी दोषीको रूपमा दर्ज हुनुभयो । अझै बुद्धि भए आत्म समर्पण गरेको राम्रो । सम्पर्क हुनेले सहि सल्लाह दिऔ ।
प्रदेशका स्वास्थ्य मन्त्रीसमेत भइसकेका पन्थीले शुक्रबार राति सामाजिक संजाल आफ्नो फेसबुकमा धारण सार्वजनिक गर्दै टोप बहादुरले एकैपटक २ गल्ती गरेको समेत औल्याएका छन् । उनले अझै रायमाझीको बुद्धी भए आत्म समर्पण गर्नु राम्रो हुने सुझाव पनि दिएका छन् भने रायमाझीको सम्पर्कमा हुनेले उनलाई त्यो सल्लाह दिन पनि उनले आग्रह गरेका छन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ







प्रतिक्रिया