

रेसुङ्गा-काठमाडौं व्यवसायिक उडान सुरु



गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो । सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको सो जहाज रेसुङ्गाबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।
व्यवसायिक उडानमा पहिलो पटक यात्रा गरेका रेसुङ्गा नगरपालिका वडानम्बर–४ का धनिश्वर गौतमले यात्रा निकै आनन्दपूर्ण रहेको बताए । उनले आफ्नी बिरामी आमालाई काठमाडौंमा उपचार गराएर घरमा ल्याउने क्रममा जहाजको यात्रा गरेका थिए ।
रेसुङ्गा विमानस्थल सञ्चालन हुनुपूर्व गुल्मी जिल्लावासीले रुपन्देहीको भैरहवासम्म गाडीमा र त्यहाँबाट हवाई जहाज चढेर काठमाडौं जाने गर्दथे । काठमाडौंबाट फर्किंदा पनि भैरहवासम्म हवाईजहाजमा र त्यसपछि झण्डै ५ घण्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता थियो । गाडीबाट गुल्मी–काठमाडौं यात्रा भने झण्डै १३ देखि २२ घण्टाको हुने गर्दछ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया