

थाहा पाउनुहोस् गर्मीमा खरबुजाको जुस पिउँदा हुने ७ फाइदा


गर्मीको मौसमसँगै खरबुजा जस्तो मिठो फल पनि साथै लागेर आउँछ । हुन पनि हो गर्मीमा खरबुजा साह्रै मन पर्ने फलको रूपमा लिइन्छ । पानीको मात्रा धेरै हुने भएकोले गर्मीमा यो फल खान उपयुक्त हुन्छ । जसले पानीको कमीबाट हुने डिहाइड्रेसनवाट बचाउँछ ।
खरबुजा भिटामिन, प्रोटिन र फाइवरको भरपुर श्रोत पनि हो, जुन स्वास्थ्यको लागि आवश्यक हुन्छ । स्वास्थ्यको फाइदाको लागि यसलाई रेगुलर डटाइको रूपमा खान आवश्यक छ । यहाँ हामी खरबुजाले कस्ता खाले रोगहरूबाट बचाउँछ भनी जानकारी दिन गई रहेका छौँ ।
१) ब्लड प्रेसर ठिक बनाउँछ : खरबुजामा पोटासियम र म्याग्नेसियम पाउने भएकोले रक्त वाहिनीलाई स्वस्थ राखी सही रूपमा रक्त प्रवाह हुन मद्दत गर्छ । खरबुजा जस्तो रसिलो फलमा इलेकट्रोनिक्स हुने भएकोले ब्लड प्रेसर लाही सामान्य राख्छ ।
२) पाचन प्रणालीमा फाइदा : खरबुजामा प्रचुर मात्रामा फाइबर हुने भएकोले हाम्रो पाचन प्रणाली सुधार्नमा मद्दत गर्दछ । यसमा पानीको मात्रा उच्च हुने भएकोले शरीरमा हुने खराब टक्सिन बाहिर निकाल्न प्रभावकारी हुन्छ ।
३) ऊर्जाको श्रोत : गर्मीको मौसममा हामी सबै सुस्त हुन्छौं र वास्तवमा काम गर्ने ऊर्जा नै हुँदैन । तर १ गिलास खरबुजाको जुस पिउने वित्तिकै ऊर्जा प्राप्त भई काममा ठुलो अन्तर महसुस गर्छौँ । यसको कारण खरबुजामा भएको इलेकट्रोनिक्स, कार्बोहाइड्रेट र मिनिरलले गर्दा हो । यी तत्त्वहरूले शरीरमा ऊर्जा बनाउन मद्दत गर्छ ।
४) तौल कम गर्छ : तपाई छिटो भन्दा छिटो तौल कम गर्न चाहनु हुन्छ भने दैनिक खरबुजालाई आफ्नो डटाइको रूपमा लिने गर्नुहोस् । यसमा पानीको मात्रा उच्च हुने भएकोले भोक लाग्न नदिई जङ्क फुड खान वाट रोक्छ ।
५) डायवटिज र क्यान्सरको खतरा कम गर्छ : खरबुजामा लाइको पीन नामक शक्तिशाली एंटीअक्सीडेंट पाइन्छ जसले तपाईँको स्वास्थ्यमा हुन सक्ने डायवटिज र क्यान्सरको खतरा कम गर्न मद्दत गर्छ ।
६) मुटुको लागि फाइदाजनक : खरबुजामा अमिनो एसिड भरपुर मात्रामा हुने भएकोले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । मुटुको रक्त सञ्चार मा सुधार गर्नुको साथै हर्ट अट्याकको खतरा कम गर्न सहयोग पुर्याउँछ ।
७) दमको रोगमा सहयोगी : महिलाहरुको मुख्य समस्याको रूपमा देखा परेको दमको रोगको लागि पनि खरबुजाले सहयोगीको भूमिका निर्वाह गर्छ । खरबुजाको जुस दैनिक रूपमा पिएर दमको खतरालाई कम गर्न सकिन्छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया