
हेलिकप्टर दुर्घटना अपडेट : १ जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
विक्रम शंकरलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगे पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाटै काठमाडौं ल्याइएको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया