

अन्त्य भयो लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन





दाङ । लुम्बिनी प्रदेश सभाको हिउदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै हिँउदे अधिवेशन अन्त्य गरिएको हो । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजे अधिवेशन अन्त्य हुने जानकारी प्रदेशसभालाई पठाएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धार १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख छ । प्रदेशसभाको हिउँदे अधिवेशनमा १० वटा बैठक बसेका छन् । यस अधिवेशनमा नयाँ सरकार गठन, दुई मुख्यमन्त्रीले विश्वासको मत लिने र दुई विधेयक पेस भएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार नै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए । मुख्यमन्त्रीको सचिवालयले सरकारले तुरुन्तै बजेट अधिवेशनको तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको जनाएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया