

अन्त्य भयो लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन



दाङ । लुम्बिनी प्रदेश सभाको हिउदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै हिँउदे अधिवेशन अन्त्य गरिएको हो । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजे अधिवेशन अन्त्य हुने जानकारी प्रदेशसभालाई पठाएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धार १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख छ । प्रदेशसभाको हिउँदे अधिवेशनमा १० वटा बैठक बसेका छन् । यस अधिवेशनमा नयाँ सरकार गठन, दुई मुख्यमन्त्रीले विश्वासको मत लिने र दुई विधेयक पेस भएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार नै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए । मुख्यमन्त्रीको सचिवालयले सरकारले तुरुन्तै बजेट अधिवेशनको तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया