
लुम्बिनीमा ढल्याे एमाले नेतृत्वको सरकार, पदमुक्त भए गिरी

दाङ। लुम्बिनी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ।
प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। ८७ सदस्यीय प्रदेश सभामा गिरीको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ जना सांसद मात्रै उभिए। विपक्षमा ५३ जना उभिएपछि विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको हो।
गिरीलाई एमालेका २९ र राप्रपाका चार सांसदले मत दिए। विपक्षमा भने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले मत दिए।
प्रदेश सभामा विश्वास गुमाएसँगै गिरी नेतृत्वको सरकार ढलेको हो। उनी गत पुस २७ गते माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत चैत १२ गते माओवादी लगायतका दलले समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार गिरीले आज विश्वासको मतको प्रस्ताव राखेका थिए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया